बालुवाटारमा प्रधानमन्त्री अाेली र प्रचण्डबीच वान टु वान वार्ता

Leaderboard Banner

काठमाडाै । अागामी बैशाख ९ गते पार्टी एकता गर्ने तयारीमा रहेका प्रधानमन्त्री अाेली र अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा भेटवार्ता जारी छ ।

आरामका लागि आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका माओवादी अध्यक्ष प्रचण्ड सोमबार बिहानै फर्किएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड साढे १० बजे बालवाटार पुगेका छन्। नयाँ पार्टीमा हुने प्रतिनिधित्व, चुनाव चिन्ह र विधानमा जनयुद्ध राख्ने विषयमा भने दुई पार्टीले फरक धारणा राख्दै आएका छन्। दुई नेताबीचको आजको वार्तामा यिनै विषयमा छलफल हुने बताइएको छ। साता दिनअघि नै अोली-प्रचण्ड भेट हुने बताइए पनि  वार्ता हुन सकेको थिएन।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि प्रचण्डले पहिलोपटक ओलीलाई भेट्न लागेका हुन् ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि: यस्तो छ नयाँ दस्तुर