अस्ट्रेलियाको क्विन्सल्याण्डमा नव बर्ष साँझ सम्पन्न

Leaderboard Banner

यो बर्ष अस्ट्रेलियाको क्विन्सल्याण्डमा रहेका नेपालीहरुले नयाँ बर्ष २०७५ लाई भब्य रुपमा स्वागत गरेका छन् । कार्यक्रम क्विन्सल्याण्ड नेपाली समाज (NAQ ) द्वारा आयोजना गरिएको थियो ।

नव बर्ष २०७५ को पूर्व सन्ध्यामा ब्रिसबेनमा आयोजना गरिएको उक्त सास्कृतिक कार्यक्रममा अस्ट्रेलिया गएका विभिन्न विधाका कलाकारहरुको बेजोड प्रस्तुतिमा त्यहाँ रहेका नेपालीहरुले नयाँ बर्षको शुभकामना आदान–प्रदान गरेका थिए ।  कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडा, गायकहरु बिवेक श्रेष्ठ, संजीव पराजुली, लोक गायक पुरुषोत्तम न्यौपाने, नायिका निता ढुंगाना, गायिका प्राश्ना शाक्य, अबुन पाण्डे लगायतले उत्कृष्ट प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । गायक बिबेक श्रेष्ठले आफ्ना चर्चित गीत लेक कि हे माया, हंगकंग पोखरा जस्ता गीत हरुमा दर्शकहरु नचाएका थिए । त्यसैगरी गायक सन्जीब पराजुलीको नाइँ मलाई थाहा छैन, पुरुषोत्तम न्यौपाने को ऐना हेरेर, प्राश्ना शाक्य को आवाज देउ, अबुन पाण्डेको शान्ती जस्ता चर्चित गीतहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । हास्य कलाकार सिम्खडा ले विभिन्न शीर्षकमा समसामयिक बिषयहरुमा चोटिलो ब्यङ्ग प्रस्तुत गरेका थिए। नायिका ढुंगानाले उत्कृष्ट र जोशिलो नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई नचाएकी थिईन ।

कार्यक्रममा (NAQ) का सभापति डा,सुदर्शन दाहालले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना दिनु भएको थियो । उहाँले नेपालको सस्कृति र परम्परालाई जोगाउन विदेशममा रहेका नेपालीहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताउदै अष्ट्रेलियामा रहेका नेपालीहरुको निमन्त्रणलाई स्वीकार्दै नेपालदेखी अष्ट्रेलिया पुगेका कलाकारहरुलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै समाजका सांस्कृतिक संयोजक गोबिन्द गैरेले कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित कलाकार तथा प्रायोजकहरुलाई मायाको चिनो तथा सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । ब्रिसबेन स्थित कुइन्स्फोर्ड कलेज मूख्य प्रायोजक रहेको उक्त कार्यक्रमको सह–प्रायोजन स्थानिय बित्तिय संस्था फाइनान्स कन्सेप्टले गरेको थियो ।

क्विन्सल्याण्ड नेपाली समाजले बिगत १२ बर्ष देखि यस्ता नेपाली सांस्कृतिक कार्यक्रमहरु गरि क्विन्सल्याण्डमा छरिएर रहेका नेपालीहरुलाई एउटै समुदायमा बाध्ने कार्य गर्दै आइरहेको छ ।

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५११:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार: