नेवार बस्तीमा पुगेर किन यसरी ‘छमछम नाचे’ गायक धिरज राई (भिडियोसहित )

Leaderboard Banner

काठमाडाै । केहि समय अगाडि टुडिखेलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अतिथ्यतामा करीब ५० हजार भन्दा बढी  भेला गरेर बुद्ध नेपालमा जन्मेका हुन् भनि अभियान चलाएका धिरज रार्इलार्इ करीब ३० किलाेकाे फूलकाे माला लगार्इ सम्मान गरीएकाे छ ।

भगवान बुद्धको जन्मबारे छिमेकी देश भारतले विराेधाभास अभिव्यक्ति दिइरहेका बेला बुद्ध नेपालमै जन्मेका हुन् भन्ने तथ्य गिनिज अफ व्रल्ड रेकर्डमा दर्ता गराउन गायक रार्इले चालेका पहलकदमीले उनी सम्मानित हुँदै अाएका छन् । उनले ‘बुद्ध वज बर्न इन नेपाल’ शिर्षकको गीत अंग्रेजीमा गाएर समेत बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई विश्वमाझ पुर्याउने प्रयास गीतसंगीतको मध्यमबाट  समेत गरिसकेका छन्।

नेपाली माइकल ज्याक्सन भनेर पनि चिनिने चर्चित गायक राईलाई ललितपरस्थित गाेदावरी नगरपालिकामा संस्कृति संरक्षण युवा समाजले अायाेजना गरेकाे एक कार्यक्रममा रार्इलार्इ ३० केजीकाे फूलकाे माला लगाएर स्वागत गरीएकाे हो । राईलाई सम्मान गर्न आयोजना गरिएको उक्त कार्यक्रममा उनी  नेवारी बाजागाजा सहित आयोजक र थुप्रै नगरवासीसहित छमछम नाचेर नगर परिकारमा गरेका थिए।

उनकाे कामकाे उच्च मुल्यांकन गर्दै गाेदावरीका मेयर गजेन्द्र मर्हजनकाे अाथित्यमा भएकाे कार्यक्रममा त्यहाँको युवा समाजले १ लाख पुरस्कार सहित माला लगार्इ सम्मान गरेकाे थियो ।

भिडियो:

प्रकाशित : सोमबार, बैशाख ०३, २०७५१४:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मानसिक अस्पतालकाे दुर्दशाः र्इमेरजेन्सीमा नै डक्टर छैनन् (भिडियाे रिपाेर्ट)