राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गर्नुभएको छ ।

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५२०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सर्वोच्चद्वारा करीव आठ हजार मुद्दाको फैसला…