कालीगण्डकीमा खनालको शव फेला!!

Leaderboard Banner
सांकेतिक तस्विर

रामपुर, पाल्पा, कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आज फेला परेको छ ।

नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आज फेला परेको हो ।

उनी पाल्पाको रानीमहल नजिकैबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बगेको स्थानबाट करिब दुई सय मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खनालसँगै नदीमा बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय संगम कार्की अझै फेला परेका छैनन् ।

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५१९:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त