अबदेखि जथाभावी विरोध प्रदर्शन गर्न नपाइने, सरकारले तोक्यो सात ठाउँ (विज्ञप्तिसहित)

Leaderboard Banner

काठमाडाै । उपत्यकामा  जथाभावि रूपमा विराेध प्रर्दशनका कार्यक्रम हुन थालेपछि सरकारले छुट्टै ठाँउ ताेकिदिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ६ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।

सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो बनेका काठमाडाैका विभिन्न ठाँउहरूमा   सरकारले  विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हाे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको जानकारी दिएका छन् ।वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले तोकेको ठाउँमा मात्रै विरोध तथा प्रदर्शनका कार्यक्रम गर्न पाइने भएको हो । गृह मन्त्रालयको निर्देशन अनुसार वैशाख १६ गतेदेखि लागू हुनेगरी काठमाडौंका सातओटा ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।

 

 

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित