मिस नेपाल विजेता श्रृङखलाका प्रेमी सञ्चार माध्यममा यसरी चर्चित बन्दै

Leaderboard Banner

काठमाडौं । नेपालमा सम्पन्न ‘मिस नेपाल वर्ल्ड २०१८’ को उपाधि  हेटौडाकी २२ वर्षीय शृंखला खतिवडा जितेकी हुन । उनको यति बेला निकै चर्चा चलिरहेको छ । उनले आफ्नो रुप भन्दा पनि बौद्धीकताका कारण  मिस नेपाल भएको बताएकी छिन्  । निकै मिठो र सरल भाषामा आफुलाई प्रस्तुत गर्ने शृंखला खतिवडा मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा त छदैछिन साथसाथै अहिले उनको प्रेम प्रशङगलाई लिएर पनि विभिन्न सञ्चार माध्यमबाट उनले राम्रै चर्चा पाईरहेकी छन् ।

बुधबार काठमाडौँको होटल अन्नपूर्णमा सम्पन्न मिस नेपाल वल्ड २०१८ को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय शृंखला खतिवडाको प्रेमीको नाम प्रसंग पन्त भएको खुलेको छ । उनि अहिले प्रसंगको प्रेममा छिन् भने केहि महिना अघि उनीहरुले सँगै घुम्न गएको फोटोहरु पनि सामाजिक संजालमा पोस्ट गरेका थिए। काठमाडौँ घर भइ थप पढाइको लागि हाल अस्ट्रेलिया रहेका प्रसंग म्यानेजमेन्टका विद्यार्थी हुन्। २६ वर्षीय प्रसंग र २२ वर्षीय शृंखला खतिवडाको उमेर चार वर्षको फरक हुन आउछ ।

मिस नेपाल वर्ल्ड २०१८ को उपाधि हात पारेर मिस नेपाल २०१८ बनेकी शृंखला र प्रसंगको यो प्रेम सम्बन्धले भोलिको दिनमा कस्तो फड्को मार्ने हो त्यो भने भावि दिनमा मात्र थाहा हुनेछ ।

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५१६:१९
अर्को समाचार:

मनकामना मन्दिर ‘लुटी खाने भाँडो’