सर्वाेच्च अदालतमा अब दैनिक ‘पत्रकार सम्मेलन’

Leaderboard Banner

काठमाडाै  । सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीका बारेमा मिडियाहरू संग अाजदेखि दैनिक रूपमा  ब्रिफिङ  गर्ने भएकाे छ ।

सूचना वितरण प्रभावकारी नभएको भन्ने गुनासोपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशीको निर्देशनमा सर्वोच्च प्रशासनले दैनिक पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो ।  अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि साढे ५ र शुक्रबार साढे ३ देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चले जनाएकाे छ ।

 सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादनबारे सञ्चारमाध्यममा पहुँच पुर्‍याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताइएकाे छ । ल

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भक्तपुरमा सिन्दुर जात्रा मनाउदै गरेको रमाईला ६ तस्विरहरु !