ग्रान्डी अस्पतालको छैटौं तलाबाट हाम फालेर एक युवकले गरे आत्महत्या

Leaderboard Banner

काठमाडाै । ग्रान्डी अस्पतालमा उपचाररत एक युवकले छैटाैँ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।

महानगरिय प्रहरीका अनुसार  चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङ्जा आसुखर्क गाउँपालिका–८ घर भएका १७ वर्षीय कृष्ण क्षेत्रीले शुक्रबार साँझ हाम फालेर अात्महत्या गरेका हुन  । अस्पतालको छैटौं तलाबाट हाम फालेर गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हाे । क्षेत्री क्यान्सर रोगबाट पीडित थिए।

चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछी ‘अब बाँच्दीन’ भन्ने लागेर उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ । अस्पताल प्रशासनले उनको उपचारमा लागेको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित