‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?

Leaderboard Banner

काठमाडौं – स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन् ।

तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समुह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन् ।

सरकारमा रहँदा र सरकार बाहिर रहँदासमेत नेतृत्वबाट पार्टी हितविपरीतका निर्णय लिएका कारण निर्वाचनमा पार्टीले पराजय भोगेको युवा समुहको निस्कर्ष छ ।

तर, सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षाका लागि भन्दै गत ९ चैतबाट बैठक डाकेर खुला बहर सुरु गराएपछि महाधिवेशनको मुद्दा एकाएक सेलाउन पुगेको हो ।

(आजको राजधानी दैनिक पत्रिकाबाट)

प्रकाशित : आइतबार, बैशाख ०२, २०७५०७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अमेरिकी नेतृत्वमा सिरियामा हमला : बेलायत र फ्रान्सको साथ, रसिया र चीनको विरोध