काठमाडौँमा यौनधन्दा चलाउने भेटियो यस्तो ‘नयाँ तरिका’ प्रहरी समेत पर्‍यो छक्क

Leaderboard Banner

काठमाडौं । राजधानी काठमाडौँ यौनधन्दा चलाउने एउटा नयाँ तरिकाको प्रहरीले पर्दाफास गरेको छ। गेष्ट हाउस र मसाज सेन्टरको नाउमा हुने गरेको यौनधन्दाको कडा निगरानी गरिरहेको प्रहरीले यतिबेला यौनधन्दाको नयाँ स्वरूपको पनि भण्डाफोर गरेको छ।

यसैबीच यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले तीन महिलालाई काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ । कोठा भाडामा नै लिएर यौनधन्दा चलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।  उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाले पक्राउ गरी यौनजन्य गैरकानुनी गतिविधि गरेको अभियोगमा मद्धा चलाएको छ । यसरी पक्राउ पर्नेमा सिराहा जिल्ला स्थाई घर भएकी ५४ वर्षीया गीता दाहाल, झापाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल छन् ।

सिटौला र दाहालले विजय चोकमा कोठा भाडामा लिएर यौन व्यवसायी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । ठमेल क्षेत्रका मसाज सेन्टरमा हुने यौन व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएपछि यौनकर्मी र सञ्चालकले भाडामा कोठा लिएर यौनजन्य गतिविधि गर्दै आएका छन् ।

प्रकाशित : शनिबार, बैशाख ०१, २०७५११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नयाँ वर्षको पहिलो दिननै आज त्रिशुलीमा ट्रक खस्दा दुई घाइते!!