डिपिएल क्रिकेट: सुनको जित्ता ललितसिंह भण्डारीलाई, मुस्तफा बने म्यान अफ द सिरिज

Leaderboard Banner

काठमाडौँ । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा मास्ट भ्यालुएबल प्लेयर बन्दै उपाधि विजेता टोली टिम चौराहा धनगढीका ललित भण्डारीले सुनको जुत्ता हात परेका छन् ।

जारी दोस्रो धनगढी प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै भण्डारीले सुनको जुत्ता आफ्नो कोल्टामा परेका हुन्। आज शुक्रबार भएको फाइनल खेलमा काठमाडौं गोल्डेनसलाई हराउँदै उपाधि जितेको धनगढीका लागि उनले ३ विकेट लिए लाएका थिए। त्यसैगरी उनले प्रतियोगिता भरीनै ७ खेलमा सर्वाधिक १४ विकेट लिन सफल भएका छन् ।

त्यसैगरी म्यान अफ द सिरिज पनि विजेता टोली टिम चौराहा धनगढीकै खेलाडी रोहन मुस्तफा भए। उनी युएई क्रिकेट टोलीका कप्तान हुन् । उनले ६ खेल खेल्दै बलिङतर्फ ९ विकेट लिए भने ब्याटिङ तर्फ १९८ रन समेत प्रहार गरेका छन् । मुस्तफाले प्रतियोगिताभर ११ वटा छक्का प्रहार गरेका थिए। आजको खेलमा मात्रै उनले ४ ओटा छक्का प्रहार गरेका थिए।

लगातार दास्रो पटक डिपिएल किर्केटको विजेता बनेको धनगढीले उपाधिसहित २५ लाख नगद पुरस्कार हात पाएको छ। त्यसैगरी उपविजेता काठमाडौंले १० लाख तथा तेस्रो हुने महेन्द्रनगर युनाइटेडले ३ लाख र चौथो भएको सिवाइसी अत्तरियाले २ लाख नगद पुरस्कार पाएका छन्। यो धनगढी प्रिमियर लिग (डिपिएल)  दास्रो संस्करण हो।

प्रकाशित : शुक्रबार, चैत ३०, २०७४१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जब सचिनले मध्य रातमा कार रोकेर मजदूरहरुसँग सडकमै क्रिकेट खेल्न थाले, हेर्नुहोस् ( भिडियो )