डीपीएल क्रिकेट: काठमाडौँलाई २१ रनले हराउदै टिम चौरह धनगढीद्वारा उपाधिमा कब्जा

Leaderboard Banner

काठमाडौँ । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दास्रो संस्करणको उपाधि टिम चौरह धनगढीले हात परेको छ। आज भएको फाइनलमा सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढीले ज्ञानेन्द्र मल्लको टिम काठमाडौँ गोल्डेन्सलाई २१ रनले पराजित गरेको हो।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १८१ रन बनायो। उसका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले ७८ रनको अर्धशतकिय पारी खेले। मात्र ६३ बलको सामना गरेका धमलाले ३ छक्का र ८ चौका प्रहार गरे। त्यसैगरी आजको खेलका म्यानअफ द म्याच बनेका रोहन मुस्तफाले ४२ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतले ६० रन हाने।

१८२ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारति २० ओभर खेलेर ८ विकेट खर्चिंदै मात्र १६० रन बनाउन सक्यो। उसका लागि अमित श्रेष्ठले ५६, कप्तान ज्ञानेन्द्र मल्लले २८, सन्नी पटेल २२ र नरेश बुढाऐर १९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।

अन्तत घरेलु टोली टिम चौराह धनगढीले २१ विजयी भयो।  बलिङतर्फ धनगढीका लागि ललित सिंह भण्डारीले ४ ओभर बलिङ गर्दै २२ रन दिएर  ३ विकेट लिए।  त्यसैगरी म्यानअफ द म्याच बनेका रोहन मुस्तफाले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर २ विकेट हात परे भने । संसद खान र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए।

उपाधि जितेको धनगढीले रु २५ लाख पुरस्कार पाएको छ। धनगढी डिपिएलको गत संस्करणको विजेता पनि हो । त्यसैगरी उपविजेता बनेको काठमाडौँले १० पाएको छ। धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । योसंगै आजबाट देशकै सबैभन्दा ठूलो पुरस्कार राशिको क्रिकेट लिग सकिएको छ।

प्रकाशित : शुक्रबार, चैत ३०, २०७४१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डिपिएल क्रिकेट: सुनको जित्ता ललितसिंह भण्डारीलाई, मुस्तफा बने म्यान अफ द सिरिज