डिपिएल: क्रिकेट २५ लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै: यस्तो छ ताजा स्कोर

Leaderboard Banner

काठमाडौँ ।  धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ ।

रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको  धनगढीले अहिले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेता पनि हो । बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो ।

धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौँको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

यो समाचार तयार पार्दा  सम्म धनगढीले ७.२ ओभरको खेल हुँदा एक विकेट गुमाएर ५४ रन बनाएको छ।

प्रकाशित : शुक्रबार, चैत ३०, २०७४१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वर्ष २०७४ खेलकूद: क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा