सर्वोच्च अदालत आक्रामक बन्दै: पूर्वप्रधानन्यायधीश श्रेष्ठ चड्ने २ करोडको गाडी खोसियो

Leaderboard Banner

काठमाडौं । सेवा निवृत भएपछी पनि सरकारी गाडीको दुरुपयोग गर्दै आएका सर्वोच्च अदालत पूर्वप्रधानन्यायधीशहरुप्रति सर्वेच्च अदालत आक्रामक बन्न थालेको छ। पछिल्लो समय करोडौं पर्ने गाडीहरु पूर्वप्रधानन्यायधीश भएको बेलामा सरकारी रकममा किन्ने र सेवाअवधि सकिएपछि कर्मचारी सहित गाडी लैजाने पूर्वप्रधानन्यायधीशको गैरकानुनी गतिविधिको निकै ठूलो आलोचना भैरहेको छ।

यसैक्रममा अहिले सम्मकै न्यायधिसहरु मध्य सबैभन्दा महँगो गाडी छाड्ने पूर्वप्रधानन्यायधिस कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन् । पूर्वप्रधानन्यायधिस श्रेष्ठले प्रयोग गर्दै आएका बा १३ च ६२४१ नम्बरको गाडी सर्वोच्चका कर्मचारीले खोसेका हुन् । उनले २ करोड पर्ने गाडीको चड्दै आएका थिए।  अदालतको प्रशासनमा पुगेका चालक जोगमोहन महतोसहित गाडीलाई नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजन भट्टराईलाई बुझाइएको हो । सर्वोच्चका प्रधानन्यायाधीशहरुले आफ्नो कार्यकालमा लिएको गाडीहरु सेवा निवृत भएपछी पनि अनधिकृत रुपमा प्रयोग गर्दै आएका छन् ।

अझै पनि अने १३ जना पूर्वप्रधानन्याधीशले सर्वोच्चबाट गाडी, चालक, इन्धन, मर्मत खर्च लिइरहेका छन् । उनीहरुले अहिले सम्म पनि गाडी बुझाएका छैनन् । जुन कानून वपरीत हो  । भर्खरै प्रधानन्याया पदबाट हटेका गोपाल पराजुली, सुशिला कार्कीले पनि सर्वोच्चकै गाडी चढीरहेका छन्।  त्यसबाहेक अने पूर्वप्रधानन्यायाधीशहरूमा खिलराज रेग्मी, सुरेन्द्रप्रसाद सिंह, दामोदरप्रसाद शर्मा, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा र केशवप्रसाद उपाध्यायले पनि गाडी नबुझाए सर्वोच्च प्रशासनले जफत गर्नेछ । यस्तै, हरिप्रसाद शर्मा, दीलिपकुमार पौडेल, केदारप्रसाद गिरी, रामकुमारप्रसाद शाह, मीनबहादुर रायमाझीले पनि सरकारी गाडी फिर्ता गर्न बाँकी छ । उनीहरुले पनि सरकारी खर्चमै गाडी, चालक, इन्धन, मर्मत खर्च लिइरहेका छन् ।

अहिले सर्वोच्च अदालत प्रशासन निकै आक्रामक बनेको छ । प्रशासनले गाडी सुविधा लिँदै आएका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको गाडी जफत गर्न थालेको छ ।

प्रकाशित : शुक्रबार, चैत ३०, २०७४१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो गल्तिः प्रचण्ड