३३ केजी सुन प्रकरणका एक अभियुक्तले गरे थुनामै अात्महत्या

Leaderboard Banner
file photo

काठमाडाै । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । सुन प्रकरणमा भरीया  सनमशाक्यकाे हत्याको छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिहदरबारमा थुनामा राखिएका नेपाल एयरलाइन्सका लोडरल प्रेमलाल चौधरीले आत्महत्या गरेका हुन्।

काठमाडौं प्रहरी परिसरका अनुसार चाैधरीले बिहिबार थुनामै रहेकाे बाथरूममा अाफुले लगाएकाे सूरूवालले पासाे लगाएर अात्म हत्या गरेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै विदेशबाट  आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । उक्त हत्याकाे दाेषी ठहर गर्दै छानबिनका लागी प्रहरीले चाैधरीलार्इ थुनामा राखेकाे थियाे ।

के थियाे साढे ३३ किलाे सुन प्रकरण

माघ अन्तिम साता यूएईबाट काठमाडाै विमानस्थल हुदै ल्याइएकाे करीब साढे ३३ किलाे सुन प्रहरीले प्रकाउ गरेकाे थियाे । विशेष सुचनाका आधारमा सिआईबीको टोलीले पक्राउ गरेको सुनसँगै केही भरियाहरुसमेत पक्राउ परेका थिए। सिआईवीले सुन तस्करी प्रकरणमा विमानस्थलका अध्ययागमन कर्मचारी, भन्सार कर्मचारीदेखी सुरक्षा प्रमुखसम्मलाई पक्राउ गर्यो । उनिहरुको पक्राउसँगै धेरै रहस्यमय तथ्यहरु सार्वजनिक पनि भए । तस्करले नेपाल ल्याएका सुनसँगै केही सञ्चारउपकरणहरु भेटिएका थिए  ।

उक्त सुन प्रकरणमा संलग्न रहेको दाबी गर्दै लग्गतै प्रहरीले ३० जनाको नाम सार्वजनिक गर्याे र तस्करीमा संलग्न १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सार्वजनिक गरेकाे थियाे । यसमा विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्री, भन्सारका कर्मचारी, सुन बोक्ने भरिया, सुन लिन पुगेका ४ जना र सुन पसले गरी १२ जनाकाे नाम समावेश थियाे । तर प्रहरीले मुख्य नायकलार्इ भने प्रकन सकेन ।

केही समय पश्चात उक्त सुन गायब भएपछि  भरिया शनम शाक्यकाे हत्या भएकाे समाचार बाहिर अाएकाे थियाे । घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।

 

 

प्रकाशित : शुक्रबार, चैत ३०, २०७४१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं१ः सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने