डीपीएल किर्केट: १४३ रनको लक्ष्य पछ्याएको काठमाडौँले आक्रामक सुरुवाट गर्दै..यस्तो छ ताजा स्कोर

Leaderboard Banner

काठमाडौँ । धनगडी प्रिमियर लिग (डीपीएल) किर्केटमा यतिखेर भैरहेको दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेनससामू १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित २० ओभरको खेलमा महेन्द्रनगरले ९ विकेट गुमाउदै १४२ रन मात्र बनाउन सक्यो। १० रन हुँदा आफ्ना सुरुवाती ६ विकेट गुमाएको महेन्द्रनगरको अरिफ सेख र पुनित मेहराले सम्हाले पुनितले ४२ बल खेल्दै ५८ रन हाने भने शेखले ६३ बलमा ४३ रन हाने। त्यसैगरी करण केसीले पनि १९ बलमा २१ रन हाने।

काठमाडौँका लागि सन्नी पटेल एक्लैले चार ओभर बलिङ गर्दै जम्मा १० रनमात्रै खर्चेर ६ विकेट लिंदै डीपीएल किर्केटमा एकै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड बनाए। उनले  ओभर मेडन समेत फालेका थिए। त्यसैगरी सुबोध भाटी र पुष्प थापाले पनि एक/एक विकट लिए।

१४३ रन्को लक्ष्य पछ्याउदै काठमाडौँले यतिखेर जवाफी ब्याटिंग गर्दैछ। उसले यो समाचार तयार पर्दा सम्म २ ओभरको खेल चलिरहँदा बिना कुनै विकेटको क्षतिमा ३४ रन बनाएको छ।  काठमाडौँका लागि ओपनर ब्याट्सम्यान सुबोध भाटीले विस्फोटक ब्याटिंग गर्दै ८ बलमा ३१ रन बनाईसकेका छन्।

प्रकाशित : बिहिबार, चैत २९, २०७४१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डिपिएल क्रिकेट: फाइनलमा धनगढी र काठमाडौँ भिड्ने