बलिउडका यी कलाकारहरु जसले गरे आफ्नै फ्यानसँग विवाह !

Leaderboard Banner

काठमाडौँ । तपाईको दिल कहिले कसको लागि धड्कन लाग्छ त्यो थाहा हुँदैन । बलिउडका चर्चित सेलिब्रेटीहरु चर्चाका दुनियाँमा रहे तापनि उनीहरुको आँखा सधैं सच्चा प्रेमको खोजीमा रहन्छ । सायद यसै कारण बलिउडका चर्चित कलाकारहरुले आफ्नो फ्यानहरुसँग विवाह गरेका हुन् सक्छन । आज हामी तपाईलाई ती बलिउड कलाकारहरुको प्रेम कहानीको बारेमा बताउन गईरहेका छौं जसले आफ्नो फ्यानसँग विवाह गरे ।

माधुरी दीक्षित

माधुरी दीक्षितले आफ्नो भाईको साथीसँग विवह गरेकी हुन्  ।  बलिउडकी यस टप अभिनेत्रीले फ्यान श्रीराम माधव नेनेसँग विवाह गरेकी थिईन ।

जूही चावला

जूही चावलाले व्यवसायी जय मेहतासँग विवाह गरेकी हुन् । एक समारोहमा जय मेहताले जुहीलाई आफू फ्यानको भएको नाताले जे पनि गर्न तयार रहेको बताएका थिए । त्यस पछि बाट नै उनीहरु मिल्ने साथी बने । त्यस पछि क्रमश: उनीहरुको मित्रता कहिले प्रेममा परिणत भयो कसैले पत्तो नै पाएनन् ।

रवीना टन्डन 

९० को दशकको टप एक्ट्रेस रवीना टन्डनले अनिल थडानीसँग विवाह गरेकी हुन्, जो बलिउड फिल्मका वितरक हुन् ।

शिल्पा शेट्टी

शिल्पा शेट्टीले बेलायती व्यवसायी  राज कुन्द्रासँग विवाह गरेकी हुन् । कुन्द्रा र शिल्पाको भेट एक समारोहमा भएको थियो । त्यहीं नै उनलाई राजले विवाहको लागि प्रस्ताव गरेका थिए ।

इशा देओल

देओल परिवारकी छोरी इशा भारत तख्तानीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । भारत र इशा देओल एउटै कक्षामा पढ्ने क्लासमेट थिए । बलिउड फिल्म उद्योगमा प्रवेश गरेपछि भारत उनको फ्यान बने र विवाहको लागि प्रस्ताव गरे ।

विवेक ओबराय

विवेक ओबरायले प्रियंका अल्वासँग विवाह गरेका हुन् । विवेकले आफ्नो ठुलो फ्यानबाट प्रेम पाए । अहिले दुवै खुसीको जिन्दगी बिताईरहेका छन् ।

इमरान खान

इमरान खानले अवन्तिका मालिकसँग विवाह गरेका हुन् । अवन्तिका र इमरानको पहिलो भेटमा अवन्तिकाले आफूलाई इमरानको ठुलो फ्यान बताएकी थिइन् ।

आयशा टाकिया

आयशा टाकियाले सियासी घरानियाँका पुत्र फरहानसँग विवाह गरेकी हुन् । फरहान आयशाको ठुलो फ्यान हुन् ।

इशा कोप्पिकर

इशाको पति टिमी नारंग मुम्बईमा एक रेस्टुरेन्ट चलाउने काम गर्थे । टिमी इशाको ठुलो फ्यान हुन् र उनले विवाहको लागि प्रस्ताव गरे ।

जितेन्द्र र शोभा कपूर

सायद थोरै कम मानिसहरुलाई मात्र थाहा होला कि जितेन्द्रकी धर्म पत्नी विवाह अघि ब्रिटिश एयरलाइनमा एयरहोस्टेसको रुपमा काम गर्थिन । एक उडानको समयमा जितेन्द्र र शोभाको पहिलो आँखा जुधाई नै गहिरो प्रेममा परिवर्तन भयो ।

सेलिना जेटली

अभिनेत्री सेलिनाले अस्ट्रेलियाका एक चर्चित उद्योगपति तथा होटेल व्यापारीसँग विवाह गरेकी थिईन । सेलिनाको पति पिटर हगले उनलाई प्रेम प्रस्ताव गरेका थिए । पिटर उनको ठुलो फ्यान थिए ।

(एजेन्सी)

प्रकाशित : बिहिबार, चैत २९, २०७४१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अभिनेत्री इशा गुप्ताले खरबुजालाई अनार भनेपछि भयो यस्तो !