डीपीएल किर्केट: काठमाडौँ गोल्डेनसका खेलाडी सन्नी पटेलले राखे यस्तो ठूलो रेकर्ड

Leaderboard Banner

धनगडी प्रिमियर लिग (डीपीएल) किर्केटमा काठमाडौँ गोल्डेनसका खेलाडी सन्नी पटेलले एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड  बनाएका छन् । उनले जारी प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा चार ओभर बलिङ गर्दै जम्मा १० रनमात्रै खर्चेर ६ विकेट लिएका हुन् ।

योसँगै उनले डीपीएल किर्केटमा एकै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड बनेका छन्। निकै घातक बलिङ गरेका पटेलले एक ओभर  मेडन समेत फाले। उनी काठमाडौँ गोल्डेनसका लागि खेल्ने भारतीय खेलाडी हुन्। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको काठमाडौँले महेन्द्रनगर युनाइटेडको ब्याटिंग लाईनअप ध्वस्त गर्न सन्नीले सुरुवातकै ६ विकेट चट्काईदिए ।

पहिलो ओभरमै सन्नीले महेन्द्रनगरका कप्तान विनोद भण्डारी शून्य रनमा एलबिडब्लु आउट बनाए। त्यसपछि उनले खेलको तेस्रो ओभरको पहिलो बलमा आसिफ सेखर अन्तिम बलमा हरिशंकर साहलाई पनि शुन्य रनमै आउट गराउन सफल भए ।

त्यसपछि धर्मराएको महेन्द्रनगरको पारीलाई अझ निरिह त् उनले आफ्नो अन्तिम ओभरमा पुनित विष्टलाई (७), रोहित पौडेल (०) तथा भुवन कार्कीलाई पनि (०) मै आउट गराउदै महेन्द्रनगरको छैटौं विकेट पनि झरेका थिए। चार ओभर बलिङ गरेका सन्नीले १ ओभर मेडन लिदैं १० रनमात्रै खर्चेर ६ विकेट लिएका हुन्।

प्रकाशित : बिहिबार, चैत २९, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डीपीएल किर्केट: १४३ रनको लक्ष्य पछ्याएको काठमाडौँले आक्रामक सुरुवाट गर्दै..यस्तो छ ताजा स्कोर