प्रचण्डले राजालाई भारतबाट पठाएको ‘एउटा पत्र’ले फेरिएको नेपालको राजनीतिक इतिहास ( भिडियो )

राष्ट्रियता जाेगाउनकाे लागी राजतन्त्र अनिवार्य छः डा.केबी राेकाया
Leaderboard Banner

काठमाडाै । नेपाल बाैदिकमञ्चका अध्यक्ष एवम् नागरिक अान्दाेलनका अभियन्ता डा. केबी राेकायाले नेपालमा जतिसक्दाे चाँडाे शाहवंशिय राजसंस्था पुनस्थापना हुनुपर्ने बताएका छन् । नेपालकाे राष्ट्रियता जाेगाउनका निमित्त भएपनि राजतन्त्र अनिवार्य भएकाे उनले बताएका हुन् ।

नेपालमा  राजसंस्थाकाे पुनस्थापना र राष्ट्र धर्म सापेक्षता हुनुपर्छ भन्दै वकालत गर्दै अाएका डा. राेकायाले नेपाल राष्ट्र रहनका लागी पनि शाह वंशिय राजसंस्था कुनै न कुनै रूपमा अनिवार्य रूपमा चाहिने बताए । उनले  राजा ज्ञानेन्द्रका पुर्खाले नै नेपाल बनाएकाेले नेपालमा धेरै जनताले अझै पनि राजतन्त्र नै चाहेकाे जिकिर गरे। उनले भने, ‘नेपालमा यदी जनमत सङग्रह गरीयाे भने कम्तिमा ९० प्रतिशत मानिस राजतन्त्रकाे पक्षमा हुनेछन्, नेपालीले अब बहुदलिय लाेकतान्त्रिक सरकार प्रति विश्वास गर्नेवाला छैनन्।’

धर्म निरपेक्षताकाे अवधारणा विदेशीहरूकाे एजेण्डा हाे, किनकी नेपालमा हिन्दु धर्म मात्रै सबैले मान्दै अाएका छन, कहिँकतै धेरैथाेरैले मान्छन भने त्याे विदेशी  रणनिति हाे, उनले भने । लाेकतन्त्र, गणतन्त्र, प्रजातन्त्र एक बाेल्ने र भाषण गर्ने विषय हाे।  याे नेपालमा लागु हुँदैन किनकि यी सबै विदेशीहरूका एजेण्डा हुन् । नेपालमा लाेकतन्त्र अाएपछि नेपाली समाज भ्रष्टीकरणतर्फ गएकाे छ र  सामाजिक सद्भाव खलबलिएकाे छ । जसले दिनानुदिन हिसांका घटना माेलाउँदै गएकाे उनले बताए ।

नेपालमा यदी राजसंस्था भएन भने नेपाल राष्ट्र भन्ने नै नरहने समेत उनले बताए।  बामपन्थी सरकारले केहि गर्न नसक्ने भन्दै उनले अमेरीका र बेलायतका उदाहरण दिदै कुनै पनि राष्ट्र रहनका लागी शासक अावश्यकता भएकाले अमेरीकामा  राष्ट्रपति ट्रम्प र बेलायतमा अझै महारानी एलिजावेथले शासन गरीरहेकाे दाबी गरे ।

प्रचण्डले राजालाई भारतबाट पठाएको ‘एउटा पत्र’ले फेरिएको नेपालको राजनीतिक इतिहास – डा. केबी राेकाया

– तत्कालिन माओबादी राजसंस्थाप्रति त्यति धेरै आक्रान्त थिएन।  

– तत्कालिन विद्रोही माओबादीका अध्यक्ष प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई भारतबाट लेखेको पत्रमा राजालाई  सेमोनियल किङ्ग मान्न तयार 

– दास्रो प्रस्तावमा नेपालको पहिलो राष्ट्रपति हुन राजालाई प्रस्ताव 

– उक्त पत्र भने राजा सम्म पुगे नपुगेको भन्नेबारेमा अनविज्ञता 

– माओबादीलाई अमेरिकाको आतंककारीको सुचिबाट हटाउन रोकायाको ठूलो भूमिका 

– अमेरिकाले माओबादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन  

नेपालकै सम्भवत पहिलो नेपाली क्रिश्चियन धर्मप्रचार रोकाय अन्तत कसरी बने हिन्दुवादी र राजाबादी, प्रचण्डले आफूहरु वार्तामा आउनको लागि राजालाई लेखेको पत्रमा अन्य के के प्रस्तावहरु थिए त ?  हेर्नुहोस् अन्तरवार्ताको पूर्ण भिडियो:

प्रकाशित : बिहिबार, चैत २९, २०७४१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओलीले सैनिकलाई दिए कडा निर्देशन,देशमा जातीय द्वन्द्व खतरा भएका कारण सतर्क रहन निर्देशन!!