भैँसीका पाडा चराउँदै गरेका बालक विष्फोटक पदार्थ पड्केर घाइते,उपचार हुन नसकेपछि अस्पताल परिवर्तन!!!

Leaderboard Banner
सांकेतिक तस्विर।

गाईघाट, त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा चराउँदै गरेका बालकले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

विष्फोटबाट घाइते बनेका बालकको पेटमा बमको छर्रा लागेको र टाउकामा समेत चोट लागेका कारण जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकी धरान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

उक्त बम कसले छाडेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : बुधबार, चैत २८, २०७४२०:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कैदी÷थुनुवा बिरामी हुने क्रममा एक्कासी वृद्धि