ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहाकारद्वारा राजिनामा

Leaderboard Banner

काठमाडाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएकाे ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गर्नुभएको हो । “राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले बताउनुभयो । टमको राजिनामा जोन बोल्टनलाई राष्ट्रपतिको चौँथो राष्ट्रिय सुरक्षा सल्लाहाकारका रूपमा जिम्मेवारी सम्हालेपछि आएको हो ।

यसअघि पनि विविध विषयमा कुरा नमिल्दा ट्रम्पका प्रमुख अार्थिक सल्लाहकार ग्यारी कोन र  राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले गत फागुनमा राजिनामा दिएका थिए ।

प्रकाशित : बुधबार, चैत २८, २०७४११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ट्रम्पको साथ एकपछी अर्कोले छाड्दै: आन्तरिक सुरक्षा सल्लाहकारद्वारा पनि राजिनामा