प्रहरी महानिरीक्षकमा सर्वेद्र खनाल,सशस्त्र महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त

Leaderboard Banner

काठमाडौँ, सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि जानकारी दिनुभयो । राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार उहाँहरुलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो ।

संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा हुनुहुन्थ्यो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण भोलि बुधबारदेखि अवकाशमा जाँदै हुनुहुन्छ ।

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४२०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा