मेलम्चीमा ‘ब्रेक थ्रु’ : असाेज पहिलाे सातामै काठमाडाैमा पानी

Leaderboard Banner

काठमाडाै । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा मंगलबार ‘ब्रेक थ्रु’ भएको छ । मेलम्ची खानेपानी आयोजनाले  अाज काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजनाको  अन्तिम सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको औपचारिक जानकारी गराएको हो।

सिन्धु ग्याल्थुम खण्डको साढे सात किलोमिटरको ‘ब्रेक थ्रु’ भएको हो । अब असोजको पहिलो साता नै राजधानीमा मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेपनि २७ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।सन २००८ मा सुरु भएको यो आयोजना आगामी जुनमा सकिने र आयोजना सकिएपछि काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानी आउने छ ।

कार्यक्रममा हालसम्म आयोजना निर्माणका लागि २४ अर्ब २२ करोड खर्च भएको पनि जानकारी दिइएको छ । आयोजनाको सुरुङ निर्माणको काम ३ खण्डमा विभाजन गरेर सुरू गरिएको थियो। आगामी बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ कार्यक्रम आयोजना गर्न लागिएको पनि जनाइएकाे छ ।

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल