काठमाडौँ । टिभी सिरियल ‘कहता है दिल’ बाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री काम्या पञ्जाबी अहिले विशेषत: आमाको भूमिकामा देखा पर्छिन । हालै उनले एक बिकिनी फोटो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेकी छिन । उक्त फोटोमा उनलाई स्विमिंग पूलमा मस्ती गर्दै गरेको देख्न सकिन्छ । जुन फोटोले अहिले इन्टरनेटमा हंगामा मच्चाएको छ ।
काम्याले फोटो शेयर गर्दै क्याप्सनमा ट्रोलर्सहरुलाई कडा जवाफ दिएकी छिन । उनले क्याप्सनमा लेखेकी छिन – “मेरो गल्ती, मेरो विकल्प, कुनै पश्चाताप छैन ।” आजकल सेलिब्रेटीहरु सामाजिक सञ्जालहरुमा सजिलै ट्रोल हुन्छन । सोही कारण काम्याले पहिले नै उनीहरुको बोली बन्द गरिदिईन ।
काम्या करिब १६ वर्ष देखि नै छोटो पर्दामा काम गर्दै आइरहेकी छिन । यी दिनहरुमा उनी सिरियल ‘शक्ति अस्तित्व के अहसास की’ मा प्रीतोको भूमिका निभाईरहेकी छिन । यस बाहेक काम्या ‘कमेडी सर्कस’, ‘बिग-बोस-७’ र ‘बक्स क्रिकेट लिग’ जस्ता शोका हिस्सा भईसकेकी छिन ।
(एजेन्सी)