आँखा झिम्क्याएरै रातारात भाईरल प्रिया प्रकाशलाई आईलाग्यो यस्तो लफडा

Leaderboard Banner

एजेन्सी । केहि समय अगाडि आँखा झिम्क्याएर एकाएक भाईरल भएकी मलायलम अभिनेत्री प्रिया प्रकाश वारियरमा अाँखा झिम्क्याएकै कारण ठूलो लफडा व्यहोर्नु परेको छ।

इन्टरनेट सेन्शेसन प्रियाविरूद्ध अाँखा झिम्क्याएकाे अाराेपमा सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ। भारतको हाइदरावादका दुईवटा पार्टीले उनीविरुद्ध सर्वोच्चमा निवदेन दर्ता गराएको भारतीय मिडियाहरुमा खबर छ । इस्लाम धर्ममा आँखा झिम्क्याउनु धर्मविपरित भएको भन्दै प्रिया विरुद्ध अदालतमा निवेदन मुद्धा दायर गरिएको हो। यसअघि पनि केही मुस्लिम संस्थाहरूले उक्त फिल्म बिरूद्ध प्रहरीमा उजुरी दर्ता समेत गरेका थिए ।

प्रिया अभिनित फिल्म अाेरू अदार लव काे गीतमा उनले अाँखा झिम्क्याएकाे भिडियो क्लिप सार्वजनिक भएको केही क्षणमा भारत लगाएतका विभिन्न देशमा भाइरल भएको थियो । भ्यालेन टाइन वीकमा फिल्म रिलिज हुनुपूर्व फिल्मकाे ३२ सेकेण्डकाे प्राेमाे सार्वजनिक भएकाे थियाे । मनिक्य, मलाराय पूवी बाेलकाे गीतकाे केही अंशमा प्रिया प्रकाशले अाफ्ना क्लासमेटलार्इ अाँखा झिम्क्याएकाे दृश्य छ ।

प्रियाको चर्चाका कारण उनलाई बलिउडमा इन्ट्री दिने चर्चा पनि भएको थियो। तर चर्चासँगै मुस्लिम संस्थाहरूले यस गीतले मुस्लिम समुायकाे भावनाप्रति ठेस पुर्याएकाे भन्दै फिल्म बिरूद्ध मुद्धा दायर गरिएसँगै यो चलचित्र लगातार विवादित बन्दै गएकाे छ ।

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नायिका प्रियंका कार्की अभिनित २ चलचित्र एकै साथ, कुन-कुन हुन त चलचित्र ?