आमिरको १,००० करोडको ड्रीम प्रोजेक्ट “महाभारत” रोकियो, यस्तो छ कारण!

Leaderboard Banner

एजेन्सी, बलिउडका चर्चित अभिनेता आमिर खान  पछिल्लो समय  आफ्नो चलचित्र ठग्स अफ हिन्दुस्तानमा व्यस्त रहेका छन् । यसको अलावा उनी आफ्नो बाकी चलचित्रहरुमा पनि ध्यान दिईरहेका छन् । पछिल्लो केही दिनदेखी खबर आएको थियो कि आमिर महाभारतमा आधारित चलचित्र बनाउने भएका छन्। आमिर खान आफ्नो ड्रीम प्रोजेक्ट महाभारतबाट काम शुरु गर्ने छन् । यस चलचित्रलाई आमिरले नै निर्माण  गर्नेछन् । यसको साथै महाभारत चलचित्रको कैयौ फ़्रेन्चाइज बनाइने बताईएको छ  । खबर अनुसार महाभारतलाई ५ भागमा बनाइने छ । यो निकै ठुलो बजेटको  प्रोजेक्ट हुनेछ । चलचित्रको बजेट १००० करोड बताईएको छ भने  यसलाई मुकेश अम्बानीले  प्रोड्यूस गर्ने पनि खबर थियो । तर अब यससँग जोडिएको नयाँ खबर अगाडि आएको छ । सूचना अनुसार अब आमिरले यो चलचित्र नबनाउने भएका छन् ।

एक लिडिंग रिपोर्टको अनुसार आफ्नो ड्रीम प्रोजेक्टलाई शुरु गर्ने या नगर्ने बारे आमिर अब अन्योलमा परेका छन् । रिपोर्टमा भनिएको छ कि कुनैपनि इतिहास या पौराणिक कथामा बन्ने चलचित्र कुनै पहाड भन्दा कम हुदैन । पछिल्लो साताअघि  चलचित्र “पद्मावत” लाई लिएर भएको विरोधलाई मध्यनजर गर्दै आमिर एक पटक आफ्नो ड्रीम प्रोजेक्ट शुरु गर्नु अघि सोच्न बाध्य भएका छन् । यो प्रोजेक्ट अघि आमिर ठग्स अफ हिन्दुस्तानमा अमिताभ बच्चन, कट्रिना कैफ र फातिमा सना शेखको साथ छिट्टै चलचित्रमा देखिदै छन्  ।

 

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘स्टूडेन्ट अफ द ईयर 2’ को सुटिङ सुरु भए लगत्तै रिलिज डेटको पनि घोषणा!