कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्डः श्रीमान-श्रीमतीलाई एकै ठाउँमा

Leaderboard Banner

श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ ।

मापदण्ड छिटै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि ५७ हजार दरबन्दी स्वीकृत भएलगत्तै सरकारले त्यहाँ कर्मचारी खटाउन मापदण्ड तयार गरेको हो । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४०७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भूमाफियाद्वारा अख्तियारको निर्णय किर्ते