एक मानिसकाे मृगाैला अर्काेमा कसरि फिट हुन्छ?

Leaderboard Banner

काठमाडाै । ”अहिले मेरो किडनीमा सामान्य समस्या देखापरेकाेले म उपचारत छु । त्यसैले खासै काममा नगर्इकन घरमै सामान्य जीवन विताइरहेकाे छु । अबकाे समयमा  के उपचार गर्नुपर्ने हाे त्याे चिकित्सकले नै तय गर्नेछन ।  केहि दन अगाडी एक व्यक्तिले अाफनाे ट्विट एकाउन्टमा यस्ताे लेख्दै पाेष्ट गरे । त्यसकाे केहि दिन पश्चात उनका अाफन्तले उनी एक अस्पतामा डायलिसिस गराइरहेका  र तुरून्तै मृगाैला प्रत्याराेपण गरीने बताए । तर उनलार्इ  डायबिटीजकाे समस्याका कारण केही समय लाग्ने अस्पतालले जनाएकाे छ । तर उनलार्इ मृगाैला दिने मान्छे भने भेटिइसकेका छन ।

याे एक प्रतिनिधि घटना हाे, अाजभाेली धेरैजसाे मानिसहरूमा मृगाैलाकाे समस्या देखा पर्नु सामान्य जस्तै भइसकेकाे छ । कतिपय यस्ता बिरामीले मृगाैला प्रत्याराेपण नै गर्नुपर्दछ ।

मृगाैलाकाे जिम्मेवारी?

मृगाैला प्रत्याराेपण के हाे ? याे कसरी सम्भव हुन्छ ? एउटाकाे शरीरबाट निकालेर अर्काेमा कसरी लगाइन्छ ?  हामीले थाहा पाए अनुसार सामान्यतया एउटा मानिसकाे शरीरमा दुर्इअाेटा मृगाैला हुन्छन र दुर्भाग्यवस एउटा बिग्रिएपनि अर्काेले सजिलै सित काम गर्दछ ।

किडनी

नेफ्रोन के हाे?

मानव शरीरकाे सामान्य प्रकृया अनुसार जब रगत मृगाैलामा पुग्छ , र मृगाैलाले रगत फिल्टर गर्दछ । खराब वस्तुलार्इ छुट्याएर अावश्यक मात्रामा नुन , पानी र मिनरलकाे स्तर मिलाउँछ । र बाँकि रहेकाे खराब वस्तुलार्इ पिशाबकाे रूपमा बाहिर पठाउँछ ।  कतिपय अवस्थामा मृगाैलाले सामान्य रूपमा काम गरीरहेकाे हुन्छ र यस्ताे केहि पनि लक्षण देखा पर्दैन । तर लामाे समय पश्चात मृगाैलामा एकैपटक गम्भिर खालकाे समस्या देखा पर्दछ । जसकाे उपचारका लागी धेरै ढिला भइसकेकाे हुन्छ ।

प्रत्येक मृगाैलामा लाखाैकाे संख्यामा साना फिल्टर हुन्छन् जसलार्इ नेफ्रोन भनिन्छ। यदि रगत मृगाैलामा जान बन्द हुन्छ भने त्याे मृगाैलाले काम गर्न छाेड्दछ र पूर्ण रूपमा फेल हुन्छ ।

मृगाैला प्रत्याराेपण के हाे र  कसरी हुन्छ?

किडनी

यदी कुनै मानिसकाे मृगाैलाले काम गर्न छाेड्याे या फेल भयाे भने मृगाैला प्रत्याराेपण गरीन्छ । याे एउटा यस्ताे प्रक्रिया को नाम हो जसमा एक व्यक्ति को शरीबाट मृगाैला निकालेर अर्काे मानिसकाे  शरीरमा  फिट गरिन्छ । सामान्य रूपमा मृगाैलामा लाग्ने राेग  क्रोनिक किडनी डिसीज अथवा पुर्ण रूपमा फेल भएमा याे प्रकृया अपनाइन्छ ।

तर सजिलाे छैन मृगाैला प्रत्याराेपण

किडनी

एक चिकित्सकका अनुसार सबैभन्दा पहले मृगाैला बसले दिने भन्ने कुरा सबैभन्दा महत्वपुर्ण हुन्छ । मृगाैला दिने मान्छे पुर्ण रूपमा स्वस्थ र दुवै मृगाैलाले काम गरीरहेकाे हुनुपर्दछ । उनी भन्छन,सामान्य रूपमा मृगाैला दिने मानिस बिरामीकाे अाफन्त हुनु अावश्यक छ ।  कतिपय अवस्थामा बाहिरकाे मान्छेले पनि मृगाैला दान गरीरहेकाे हुन्छ तर दिने मान्छै पुर्ण रूपमा स्वेच्छापुर्वक दिन तयार हुनु जरूरी हुन्छ ।  चिकित्सकका अनुसार दिने र लिने दुवैकाे रगत समुह सकेसम्म एउटै हुनुपर्दछ तर दिने मान्छेकाे रगत समुह युनिभर्सल रगत समुह संग मिल्छ भने मृगाैला प्रत्याराेपण गर्न सकिन्छ ।

 कति घण्टाको हुन्छ अपरेशन?

किडनी

चिकित्साशास्त्र अनुसार सामान्यतया अपरेशन गर्दा दुर्इ देखि चार घण्टा सम्म लाग्न सक्छ , तर मृगाैलाले काम गर्न सुरू गरेपश्चात मात्रै अपरेशन पुरा हुने भएकाले याे बिरामीमा भर पर्दछ । जसमा दिने मान्छेलार्इ समेत चार पाँच दिन पछि मात्रै डिस्चार्ज गरीन्छ । तर के मृगाैला प्रत्याराेपण पछि पनि मानिस  सामान्य अवस्थामा रहन्छ त ? चिकित्सकका अनुसार केही समय सम्म विरामीलार्इ गाह्राे हुनु स्वभाविक हाे ताकि एक मानिसकाे महत्वपुर्ण अङ्ग निकालेर अर्काेमा राख्नु सामान्इ कार्य भने हाेइन । यस्ताे समयमा मृगाैलाले सहि रूपमा काम गर्छ या गर्दैन भन्ने खतरा अत्यधिक मात्रामा रहन्छ , जुन अपरेशन लग्गतै बढी हून्छ । यस्ताे खतरा करीब १ वर्षसम्म रहने ९० प्रतिशत निश्चित हुन्छ ।

कसरी मान्छेको मृगाैला  ट्रांसप्लांट हुन सक्छ?

किडनी

ब्रिटेन नेशनल हेल्थ सेवाका अनुसार नै मृगाैला एउटाकाे शरीर देखिबाट निकालेर अर्काेमा राख्दा उमेरकाे खासै हदबन्दि भने हुदैन । तर शल्यकृयाकाे असरलार्इ बिरामीले सहन सक्छ कि सक्दैन भन्नेमा भने पुर्ण निर्भर रहन्छ ।  यसका साथै मृगाैला प्रत्याराेपण पछि जरूरी अाैषधी र उपचारका लागी बिरामी सधै तयार रहनुपर्छ ।  पछिल्लाे समयमा गरीएकाे एक अध्ययन अनुसार मृगाैलाकाे समस्या देखा पर्नेै बिरामीहरूमा हरेक तिनजनामा एकजनाकाे प्रत्याराेपण गर्नैपर्ने देखिन्छ ।

मृगाैला प्रत्याराेपण गरेपश्चात पनि बिरामीले अाफनाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुपर्दछ । यदी पहिलादेखि धुम्रपान गर्दछ भने त्याग्नुपर्दछ, पाेष्टिक खानेकुरा खानुपर्दछ, शरीरबाट माेटाेपना विस्तारै घटाउदै जानुपर्दछ र हरेक इंफ़ेक्शनबाट बच्ने काेशिस गनुपर्दछ ।

किडनी

मृगाैला प्रत्याराेपण गरीसपछि मानिस पहिला जस्ताे निराेगी र स्वस्थ भने हुन सक्दैन । तर याे मानिसकाे स्वस्थ रहने बानीमा भर पर्दछ । प्रत्याराेपण पश्चात मानिसकाे अाैसत जीवनकाल कति हुन्छ त?

 

  • एक वर्ष बाँच्ने सम्भावना -९५%
  • पाँच वर्ष – ८५-९०%
  • दश वर्ष – ७५%
  • कतिपय समयमा मृगाैला प्रत्याराेपण सफल नहुन सक्छ यस्ताे अवस्थामा बिरामीलार्इ तुरून्त अर्काे शल्यकृयाकाे लागी तयारी गनुपर्दछ । शल्यकृया नहुन्जेल सम्म  डायलिसिसमा राखिन्छ ।

 

प्रकाशित : मङ्गलबार, चैत २७, २०७४११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टाउकोमा गोली लागेर घाईते भएको अवस्थामा बाघ फेला