प्रधानमन्त्रीकाे भारत भ्रमणबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन

Leaderboard Banner

काठमाडाै । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे आफ्नो धारणा राख्ने भएको छ।

प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेको छ। यसका साथै पत्रकार सम्मेलनमा सरकारले जारी गरेको स्वेतपत्र र सरकारका पछिल्ला गतिविधिबारे पनि धारणा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकेर हिजो  स्वदेश फर्केका छन्।

प्रकाशित : सोमबार, चैत २६, २०७४१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट: के भयो छलफल ?