तस्करले थापेको एम्बुसमा परि १ बालकको मृत्यु, ३ घाइते

Leaderboard Banner
सांकेतिक तस्विर।

काठमाडौँ । वन्यजन्तु तस्करहरुले थापेको एम्बुसमा परी एक बालाकको ज्यान गएको छ भने तीन जना बालक घाईते भएका छन्।

कैलालीको शिवशक्ति सामुदायिक वनमा वन्यजन्तु चोरीतस्करी गर्ने एक समुहले वन्यजन्तुका लागि थापेको विद्युतीय एम्बुसमा परेर स्थानिय बाबुराम चौधरीको १२ वर्षीय छोरा अमन चौधरीको घटनास्थलमै ज्यान गएको हो । उक्त एम्बुसमा परेर गाउँकै तेजबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन, कर्णबहादुर कठायतका १२ वर्षका छोरा नविन, र भक्तबहादुर पनेरुका १२ वर्षका छोरा सागर घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताईएको छ। घटना भएकै दिन आइतवार उनीहरुलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ । जंगलमा विद्युत पोलबाट तार बिछ्याएर करेन्ट प्रवाह गरेका कारण उक्त घटना भएको बताए जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक बीरबहादुर बुढाले जनाएका छन् ।

‘बेला गाउँबाट जंगल हुँदै शेहेयरी लगिएको हाइभोल्टेज विद्युतीय लाइनबाट चोरी गरि तानेको तारमा बालकहरु अल्झिन पुग्दा घटना भएको थियो। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।

प्रकाशित : सोमबार, चैत २६, २०७४१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानमन्त्रीकाे भारत भ्रमणबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन