पाँच वर्षीया बालिका बलात्कृत

Leaderboard Banner

धनुषा । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । रासस

प्रकाशित : सोमबार, चैत २६, २०७४१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तस्करले थापेको एम्बुसमा परि १ बालकको मृत्यु, ३ घाइते