प्रधानमन्त्री अाेलीले पाए भारतबाट मानार्थ विद्यावारिधी

Leaderboard Banner

काठमाडाै । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधी (पीएचडी)को उपाधि प्रदान गरिएको छ ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयबाट मानार्थ पीएचडीको उपाधि ग्रहण गरेका हुन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो । आजै दिल्लीबाट प्रधानमन्त्री ओली सो विद्यालय पुगेका थिए। उनले विश्वविद्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए।

प्रधानमन्त्री ओली आजै दिल्ली फर्किने र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ।

प्रकाशित : आइतबार, चैत २५, २०७४१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो