नेपाली बालबालिका भारतमा अलपत्र

Leaderboard Banner

जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन नसकेको हो । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

दुई सातासम्म नेपाली बालबालिकालाई जिम्मा लिन नआएको भन्दै बहराईचबाट भारतकै गोन्डा सेल्टरमा पठाईएको छ । सरकारी उदासीनताका कारण ती बालबालिकाको उद्धार सम्भव नभएको हो ।

भारतीय अधिकारीले भने जिम्मा लगाउनु आतुर रहेको जनाएका छन् । तर बाँके बर्दिया र बुटवलका ती बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयका अधिकारी बेखबर छन् ।

प्रकाशित : आइतबार, चैत २५, २०७४०८:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्थायी राजधानी कहिले ?