भारतिय राष्ट्रपतिसँग प्रधानमन्त्री केपी ओलीको शिष्टाचार भेट: के भयो कुराकानी ?

Leaderboard Banner

नयाँदिल्ली, भारत । तिन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग  शिष्टाचार भेट गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिएका छन्  ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रम ओलीलाई बधाई दिएका थिए। त्यसैगरी उनले भर्खरै दास्रो कार्यकालको लागि निर्वाचित नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो समेत दिएका छन्।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत(गार्ड अफ अनर) प्रदान गरिएको थियो ।

प्रकाशित : शनिबार, चैत २४, २०७४११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वृद्धवृद्धालाई घरमै लगेर गरियो सामाजिक सुरक्षाभत्ता वितरण