पुननिर्माणमा भाजो हालेका जनप्रतिनिधि स्वयंले गरे काष्ठमण्डप पुनर्निर्माणमा वेवास्ता

Leaderboard Banner

महानगरपालिकामा जनप्रतिनिधि आएको एक वर्ष हुन लाग्दा पनि विश्वसम्पदा सूचीकृत काष्ठमण्डप पुनर्निर्माण अघि बढ्न सकेको छैन। स्थानीयवासीको पहलमा सुरू भएको पुननिर्माणमा भाँजो हालेका जनप्रतिनिधि स्वयम्‌ले समेत काष्ठमण्डप पुनर्निर्माणलाई वेवास्ता गरिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

महानगरमा गत जेठमा मेयर विद्यासुन्दर शाक्यसहित नयाँ जनप्रतिनिधि आएका हुन् । निर्वाचन भएलगत्तै मेयर शाक्यले काष्ठमण्डप निर्माण गर्ने घोषणा गरे। तर, उनको बोली घोषणामै सीमित भएको छ ।

सरकारले पुननिर्माणमा चासो नदिएपछि गत वैशाखमा स्थानीयले काष्ठमण्डप बनाउने घोषणा गरेका थिए ।

भूकम्पले भत्काएको दुई वर्ष पुगेको बेला पुननिर्माणमा अघि सरेका स्थानीयवासीलाई महानगरले सहयोग गर्नुको साटो उल्टै असहयोग गर्यो, आफै बनाउने घोषणा गरेर ।

तर, अहिलेसम्म न महानगरले पुननिर्माण गर्यो न त अरु कसैलाई बनाउन नै दियो ।

प्रकाशित : शुक्रबार, चैत २३, २०७४०६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नै पत्नीको सेक्स भिडियो हेरेपछि पति बेहोस, त्यसपछि भयो यस्तो