दाइका छोराछोरीलाई बन्चरोले हानी हानी हत्या गर्ने भाई जाकिए प्रहरी खोरमा

Leaderboard Banner

लिबाङ, रोल्पा । आफ्नै दाइका छोराचोरीलाई एकै पटक बन्चरो प्रहार गरी हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जनाएका छन् ।

काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । यो दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानाए ।

दाजुभाइका बीचमा व्यक्तिगत रिसइबी भएता पनि खर्कबहादुरको मानसिक अवस्थाका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

 

प्रकाशित : बुधबार, चैत २१, २०७४१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाथटप सीन रिलीज गरेको आरोपमा चलचित्र निर्देशक प्रहरी हिरासदमा