सुसाइड नोट लेखेर सरकारी क्वार्टरमै उपसिचवले गरे आत्महत्या

Leaderboard Banner

काठमाडाै । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य सरकारी क्वार्टरमै  मृत फेला परेका छन् ।

केही समयदेखि डिप्रेसनबाट पीडित रहेका उपसचिव अाचार्य सरकारी क्वार्टरमा पंखा झुन्ड्याउने फलामको रडमा  झुण्डिरहेकाे अवस्थमा मंगलबार प्रहरीले फेला पारेकाे थियाे । प्रहरी कार्यालय रुपन्देहीका अाुसार  चितवन घर भएका ४७ वर्षीय अर्यालको कोठाबाट सुसाइड नोट प्रहरीले फेला पारेको छ। नाेटमा भनिएकाे छ,  ‘कसैको दोष छैन। म आफूखुशी आत्महत्या गर्दैछु। म एक डिप्रेसनको विरामी हुँ।

उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।उनीहरूले बताए अनुसार  मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक आचार्यलाई पोष्टमार्टमका लागि राति नै भैरहवा अस्पतालमा लगेको छ  ।

प्रकाशित : बुधबार, चैत २१, २०७४११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दाइका छोराछोरीलाई बन्चरोले हानी हानी हत्या गर्ने भाई जाकिए प्रहरी खोरमा