पत्नीकाे दाहसंस्कार गरी फर्केपछि मदनकृष्णले लेखे यस्ताे हृदयविदारक फेसबुक स्टाटस…

Leaderboard Banner

काठमाडौँ । हास्य कलाकारिताको माध्यमबाट दुनियाँलाई हँसाएका वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी वियोगमा पर्नुभएको छ । विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित धर्मपत्नी यशाेधा सुवेदी श्रेष्ठको गत सोमबार राति उपचारको क्रममा निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाको मंगलबार आर्यघाटमा अन्तिम संस्कारको क्रममा भावविह्वल बनेका मदनकृष्णले अार्यघाटबाट फर्केर फेसबुकमा अाफ्नी यसाेदालार्इ सम्झिएर चारपक्ति कविता लेख्नुभएकाे छ । पत्नी यसाेदाकाे रंगिन तस्वीर पोस्ट भएको मदनकृष्णकाे हृदयविदारक कविता यस्ताे थियाे:-

सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैछ नि मलाई स्यार गर्ने

प्रकाशित : बुधबार, चैत २१, २०७४०८:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाली भनेर कमसल भारतीय सुनको बिक्री