एमालेले किन एकाएक बोलायो स्थायी समितिको आकस्मिक बैठक ?

Leaderboard Banner

काठमाडौँ, १९ चैत । संसदको पहिलो दल नेकपा एमालेले पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

उसले एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो साँढे २ बजेको लागी आकस्मिक बैठक बोलाएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको आसन्न भारतको राजकीय भ्रमण तथा एमाले माओवादी पार्टी संयोजन समितिको बैठकमा छलफल हुने विषयहरुका बारेमा छलफल गर्नको लागि एमालेले आकस्मिक बैठक बोलाएको बुझिएको छ  ।

प्रधानमन्त्री ओली आगामी चैत्र २३ गते ३ दिने भारत भ्रमणको यात्रामा जाँदैछन् । ओली भारत जानु पहिले नै पार्टी एकता गर्ने हल्ला गरिएको अवस्थामा आजै फेरी पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ।

खासमा पार्टी एकतालाई जति सक्दो छिटो टुङ्गोमा पुर्याउने विषयमा छलफल गर्न एमालेले आकस्मिक बैठक बोलाइएको स्रोतले जनाएको छ  ।

प्रकाशित : मङ्गलबार, चैत २०, २०७४१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं १ मा बजेट ल्याउने तयारी