मन्त्रिपरिषद बैठकद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

Leaderboard Banner

काठमाडाै । मंगलबार बिहान बसेकाे मन्त्रिपरिषद्काे बैठकले  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई  स्वीकृत गरेको छ।

प्धानमन्त्रि अाेली चैत २३ देखि २५ गते हुने भारत भ्रमणमा जानेछन । याे संगै बालुवाटारमा बसेकाे बैठकले प्रधानमन्त्री संग तिनजना अन्यमन्त्रिहरू पनि भारत भ्रमणमा जाने निर्णय गरेकाे छ ।

यस्तै आजको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ। अर्थ मन्त्रालयबाट प्रस्तावित भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न भुक्तानी तथा फर्स्यौट विधेयकलाई पनि सैद्धान्तिक सहमति दिएको छ।

प्रकाशित : मङ्गलबार, चैत २०, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी शोक: पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार