धनगढी प्रिमियर लिग: सोमपालको शानदार ब्याटिंगको साहयताले टिम चौराह विजयी

Leaderboard Banner

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो ।

टिम चौराहका लागि कप्तान सोमपाल कामीले अविजित ३९ रन बनाए । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । रोहान मुस्तफाले ४० रन बनाए । उनले ४२ बलमा एक छक्का र तीन चौका हाने । राजेश पुलामी मगरले २१ रन बनाए । बलिङतर्फ अत्तरियाका शुभंकर उराव र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सिवाइसी अत्तरियाका लागि प्रेम तामाङले २८ रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । विपिन चन्द्रले अविजित २८, कुशल भुर्तेलले २५, कप्तान दीपेन्द्रसिंह ऐरीले १९, कृष्ण कार्कीले १४, सुवास खकुरेल र गौरव चितकाराले समान १३÷१३ रन बनाए ।

बलिङतर्फ टिम चौराहका ललितसिंह भण्डारीले तीन, रोहान मुस्तफाले दुई तथा सम्साद शेख र सोमपाल कामीले एक÷एक विकेट लिए ।

प्रकाशित : सोमबार, चैत १९, २०७४१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बिडिसिए कप क्रिकेट चैत २५ देखि