खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बस्दै

Leaderboard Banner

काठमाडाै ।  संघीय संसद्काे दुवै सदनकाे बैठक अाज बस्ने भएकाे छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएकाे छ।

दुवै सदनको बैठकबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे छ । शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल नहुने संसद् सचिवालयले जनाएको छ।२०४८, ०५१ र ०५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको पशुपति आर्यघाटमा हिजो दाहसंस्कार गरिएको थियो ।

प्रकाशित : सोमबार, चैत १९, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मन्त्री क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ