नेपालकै सबै भन्दा सस्तो निजी स्कूल: जसको महिनाको शुल्क सुन्दा विश्वासनै लाग्दैन

Leaderboard Banner

काठमाडाै । नयाँ शैक्षिक सत्रकाे सुरूवातिसंगै अभिभावकलार्इ आफ्ना बच्चाहरूकाे लागी विद्यालय कुन राेज्ने भन्ने अन्याेलता हुने गर्दछ  । पछिल्लाे समयमा निजी विद्यालयप्रति बढ्दै गइरहेकाे क्रेजमा कारण पनि अधिकांस अभिभावकमाथि अार्थिक भार थपिदैँ गइरहेकाे छ । सन्तानहरूकाे राम्राे पढार्इका  लागी महँगै भएपनि निजी विद्यालय राेज्नु अहिलेका अभिभावकका लागी एक किसिमकाे बाध्यता सिर्जना भएकाे छ । कतिपय ठाउँमा सरकारी विद्यालयले पनि निजी विद्यालय जस्तै गुणस्तरीय शिक्षा प्रदान नगरेका पनि होईनन । तर सहरीकरणमा रूपान्तरण भइरहेकाे नेपाली समाजमा सरकारी विद्यालयमा बच्चालार्इ पढाउनुलार्इ अर्कै नजरियाले हेर्ने पनि प्रचलन छ । अाफन्त हाेस् या छिमेकीकाे नजरमा अाफुलार्इ अब्बल देखाउन पनि सापटी लिएर भएपनि महंगाे विद्यालयमा पढाउनु फेसन जस्तै बनिसकेकाे छ अहिले नेपाली समाजमा । गाउँकाे तुलनामा भन्दा शहरमा यस्ताे प्रवृति अझ बढी नै देखिन्छ ।

समाजमा स्थापित हुनकै लागी पनि निजी र मंहगाे विद्यालयमा बच्चाहरू भर्ना गर्नुले धनी र गरीब बिच झन ठुलाे अर्थिक खाडल सिर्जना गरीरहेकाे छ । तर पछिल्लाे समयमा कतिपय सरकारी विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न निजी जस्तै सेवा प्रदान गरीरहेका छन । काठमाडाै जस्ता ठुला सहरमा कतिपय यस्ता निजी विद्यालय पनि खुलेका छन, जसले निजी भन्ने बित्तिकै मंहगाेकाे पर्यायवाची हुने शैलीका अपवाद बनेका छन ।  यस्तैमा एक उदाहरण बनेकाे ‘समता शिक्षा निकेतन’  ।

विं स  २०५८ मा उत्तम संजेलले जाेरपाटीमा बाँसकाे टहरा बनार्इ उक्त विद्यालय संचालनमा ल्याएका थिए । नेपालमा निजी विद्यालयले अन्धाधुन्ध किसिमले पैसा असुलीरहेका बेला संजेलले थाेरै पैसामा कसरी गुणस्तरीय र समावेशी शिक्षा दिन सकिन्छ भन्ने परीकल्पनाकाे उपज हाे याे । सुरूमा जाेरपाटीबाट विद्यालय संचालन गर्दा समता एस.एल.सी दिने ११ जना मात्र विद्यार्थी थिए । संजेल सुरूमा बलिउड फिल्म इन्डष्ट्रीमा सुपरस्टार बन्न चाहन्थे तर अहिले समताले पाएकाे उप्लब्धी र अभिभावककाे बिचमा एक सुपरस्टार भन्दा कम छैनन उनी ।

देशभरीमा करीब ५३ जिल्लामा समताले  विद्यालय संन्चालन गर्दै अाएकाे छ । काठमाडाै उपत्यकामा पनि ‘समता’ ले विभिन्न ठाँउमा सेवा दिदै अाएकाे छ । जसले कक्षा एक देखि स्नातकोत्तरसम्म महिनामा जम्मा १ सय रुपैयाँ मात्र शुल्क लिने गर्छ । नर्सरीदेखि स्नातकोत्तर तहसम्मकाे  पढार्इ सञ्चालनमा ल्याएकाे ‘समता शिक्षा निकेतन’ ले  अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दै अाएकाे छ । ‘समता शिक्षा निकेतन’ अर्न्तगत अहिले देशभरीमा जम्मा ४५ हजार भन्दा बढी विद्यार्थी  अध्ययनरत छन । ‘समता’  नेपालमा मात्र नभर्इ अन्य सार्क राष्ट्रहरूमा पनि सञ्चालित छ । यसले भारत ,श्रीलंका र छिट्टै बंगलादेशमा पनि सेवा सुचारू  गर्ने बताएकाे छ । स्थापना हुँदा जम्मा ११ जनालार्इ लिएर एस.एल.सीमा सामेल भएकाे उक्त विद्यालयमा अहिले १५ सय भन्दा बढी विद्यार्थीहरू एस.ई.ई. मा सामेल भएका छन ।

पछिल्लाे समयमा न्युन शुल्कमा उत्कृष्ट लाेकप्रियता हासिल गर्न सफल यस विद्यालयले राम्राे नतिजा ल्याइरहेकाे तंथ्याङकले देखाउदछ । एकपछि अर्काे सफलता हासिल गरीरहेकाे समताले छिट्टै समताकाे नाममा अस्पताल पनि सन्चालनमा ल्याएकाे छ । न्युन शुल्कमा गरीब र न्युन अायस्तर भएका व्यक्तिका लागी अवसर बनिरहेकाे उक्त संस्थाले काठमाडाै स्थित बाैद्दमा अस्पताल संचालनमा ल्याएकाे हाे । ५० शय्या रहेकाे उक्त अस्पतालले पनि जम्मा १०० रूपैयामा सेवा सुचारू गरेकाे छ ।

नेपालमा र अर्न्तराष्ट्रिय स्तरमा ‘समता फाउण्डेसन’ मार्फत संचालनमा रहेका विभिन्न स्कुल र अस्पतालहरूलार्इ राष्ट्रिय तथा अर्न्तराष्ट्रिय दातृ निकाय र संघसस्थाले सहयाेग गरीरहेका छन । निजी  विद्यालय र सरकारीले मंहगाे शुल्क लिएर दिएकाे शिक्षाभन्दा न्युन शुल्कमा प्रभावकारी शिक्षा प्रदान गरीरहेकाे समता फाउण्डेसनले विश्वविद्यालय सम्म खाेल्ने सपना बाेकेकाे छ ।

मंहगीले गाँजिदै गएकाे शिक्षा प्रणालीलार्इ समता फाउण्डेसनकाे यस्ताे चुनाैतीले सबै वर्गमा शिक्षा क्षेत्र प्रतिकाे अाशक्तिलार्इ सहज रूप दिएकाे छ । जहाँ नर्सरी देखि स्नातकाेतरसम्म पढ्ने विद्यार्थीहरू समान छन, सबै वर्गले एउटै छानमुनी पढ्न पाएका छन , समान सामाजिक पृष्ठभूमि साझेदारी गर्छन् अनि सबैभन्दा महत्त्वपूर्ण रूपमा उनीहरूको बराबरी रूपमा शुल्क  तिर्छन्।

प्रकाशित : सोमबार, चैत १९, २०७४११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रचण्डले राजालाई भारतबाट पठाएको ‘एउटा पत्र’ले फेरिएको नेपालको राजनीतिक इतिहास ( भिडियो )