राष्ट्रपतिको सपथ विवादः सर्वोच्चले माग्यो पराजुलीसम्वन्धी कागजात

राष्ट्रपतिको सपथ विवादः सर्वोच्चले माग्यो पराजुलीसम्वन्धी कागजात
Leaderboard Banner

काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ गराइएकाे सपथ अवैधानिक भएकाे भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मागेकाे छ ।

सेवा अवधि सकिएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनु गैरसंवैधानिक भन्दै सर्वाेच्चमा रिट परेपछि सर्वाेच्चले कागजात मागेकाे हाे ।  अधिवक्ता हेममणी सुवेदीले सेवाबाट निवृत्त भैसकेका प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ लिएको गैरसंवैधानिक भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्चले पराजुलीले दिएको राजीनामाका सम्वन्धमा भएको कारबाही एवं पत्रचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ मगाउन पनि भनेको छ ।न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको छ

प्रकाशित : आइतबार, चैत १८, २०७४१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्व. पति प्रकाश दाहालको स्मृतिमा बिना मगरले गरिन् यस्तो कामको सुरुवात!