स्व. खड्काको पार्थिव शरीर आज राति नौ बजे नेपाल ल्याइँदै, यस्तो छ अन्तिम संस्कारको तालिका

Leaderboard Banner

काठमाडौँ – भारतको दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार उपचाररत अवस्थामा निधन भएका नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलार्इ आज राति नौ बजे नेपाल ल्याइने भएको छ । आज राति नौ बजे खड्काको पार्थिव शरिर जेट एयरको विमानबाट नेपाल पठाइन लागेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिनुभयो । परिवार निकट श्रोतका अनुसार अन्य कागजातहरु बनिसकेको छ तर पनि पुलिस रिपोर्ट बन्न १२ घण्टा बढी लाग्ने हुदाँ आज शनिबार बेलुका ल्याउन लागिएको हो ।

रेग्मीले खड्काको पार्थिव शरीर नेपाल पठाउन लागि दूतावासले अनापत्ति प्रमाण पत्र जारी गरिसकेको जानकारी दिएका छन् ।  मृत शरीरलाई नेपाल ल्याउनको लागि अनिवार्य आवश्यक कागजातमा मृत्यु दर्ता प्रमाणपत्र, प्रहरी रिपोर्ट र दूतावासको अनापत्ति प्रमाणपत्र आदि पर्दछ ।

खड्काको पार्थिव शरीर नेपाल ल्याईएपछि उनकै निवास सानेपामा राखिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए ।  र चैत्र १८ गते आइतबार बिहान ८ बजे देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा राखिनेछ । दुर्इ बजे पछि उनको पार्थिव शरीर अन्तिम संस्कारको लागि पशुपति परिसरमा लगिने छ ।

पारिवारिक श्रोतका अनुसार खड्काको पुत्र अनुराग भोलि बिहान मात्र बेलायतबाट काठमाडौं आईपुग्नेछन्, जस कारण घरमा हुने कर्म पछि मात्र श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लगिनेछ ।

प्रकाशित : शनिबार, चैत १७, २०७४१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

परीक्षामा लापर्वाही गरेको र चिट चोराएको आरोपमा दुई निरीक्षक निष्कासित