काठमाडौँ, युरोपियन युनियनले नेपालकाे निर्वाचनबारे निकालेकाे प्रतिवेदन, राजनितिक दलहरूले विदेशीहरूलार्इ बेडरूम सम्मै लानुकाे उपज भएकाे बताएका छन । राजनितिक विश्लेषक डा. सुरेन्द्र केसीले विदेशीहरूले दिने अभिव्यक्ति सबै नेपाली राजनितिकाे परनिर्भताका कारण भएकाे बताएका हुन ।
पछिल्लाे समयमा युराेपियन युनिसयनले बुझाएकाे प्रतिवेनलार्इ लिएर व्यापक बहस भइरहेकाे छ । उक्त विषयलार्इ लिएर राजनितिक दलहरूले विभिन्न टिकाटिप्पणी गरीरहदाँ डा.केसीले र्इयुले नेपाली समाजकाे वास्तविकतालार्इ बुझन नसकेकाे अभिव्यक्ति दिएका हुन । उनी भन्छन, नेपालकाे राजनितिमा विदेशिले जति भित्र पनि अाउन पाउने मान्यता हावि हुनुले नै विदेशिहरूले जेपजि भन्न मिल्छ भन्ने मान्यता राखेका हुन ।
यसका साथै उनले नेपाली कांग्रेस र मधेसवादी दलहरू इयुकाे विरादरीमा पर्ने भएकाले पनि चुप लागेकाे बताएका छन । राजनितिक दलहरूले विदेशीहरूकाे सम्बन्धमा जहिले पनि एकमत हुनुपर्ने हाे तर नेपालमा मात्र यस्ताे परीपाटी छ कि परराष्ट्रकाे मामलामा पनि दलहरू एक हुन सक्दैनन, याे नेपालकाे दुर्भाग्य हाे , उनी भन्छन ।
अन्त्यमा उनले पछिल्लाे समयमा व्यापक टिकाटिप्पणी भएकाे गार्इ काण्डबारे बाेल्दै विदेशिहरूले याेजनावद्द तरीकाले नेपाली समाजकाे सद्भावनालार्इ खल्बल्याएर गृहयुद्दतर्फ लैजाने बाटाे अपनाएकाे बताएका हुन ।