कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

Leaderboard Banner

काठमाडाै । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक आज पनि  बस्ने भएकाे छ  । चैत ९ गते देखि चलिरहेकाे बैठक केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले अाज पनि बैठक जारी गरिएकाे हाे ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरमा बस्ने बैठकमा आज पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको चुनावी हारको समिक्षा हुने जनाइएकाे छ  । अहिलेसम्मकाे बैठकमा जम्मा ३४ जनाले आफ्नो धारणा राखिसकेका छन् भने आजको बैठकमा बोल्न ११ जना केन्द्रिय सदस्यले नाम टिपाएको कांग्रेस  सचिवालयले जनाएको छ ।

स्राेतका अनुसार दिउशाेँ राष्टुपतिले  संसदमा सम्बोधन गर्ने कार्यक्रम भएकाले आजको बैठक दिउँसो २ बजेसम्म मात्र बेठक बस्नेछ ।

प्रकाशित : बिहिबार, चैत १५, २०७४१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सरकारलाई रविन्द्र मिश्र यस्तो चेतावनी: प्रहरीको यस्तो ज्यादती देख्न नपरोस् ( स्टाटससहित )