फर्पिङमा यात्रुवाहक बस पल्टिंदा २ को मृत्यु ३३ जना घाइते

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ । दक्षिणकालीबाट काठमाडौंतर्फ आइरहेको यात्रुवाहक बस फर्पिङमा दुर्घटनाग्रस्त हुँदा २ जनाको ज्यान गएको छ भने ३३ जना घाईते भएका छन्।

दक्षिणकाली यातायातको बा१ख ९९९९  नं. को बस सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा दुर्घटनामा परेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार अहिले सम्म दुर्घटनामा परी मृत्यु हुनेको संख्या यकिन हुन भने सकेको छैन।
अहिले प्रहरीले दुर्घटनाका घाईतेहरुको उद्धारको काम गरिरहेको बताएको छ। घटनामा अहिले सम्म २ जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ।
प्रकाशित : बिहिबार, चैत १५, २०७४११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शुक्रबारदेखि आठघण्टा बन्द हुदैँ बेनी–जोमसोम सडक