दक्षिणकालीको फर्पिङमा बस पल्टियो,२ को मृत्यु, २७ घाइते

दक्षिणकालीको फर्पिङमा बस पल्टियो,२ को मृत्यु, २७ घाइते
Leaderboard Banner

काठमाडाै,१५ चैत । दक्षिणकालीको फर्पिङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

दक्षिणकालीबाट काठमाडौँ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको दक्षिणकाली यातायातको बस विहीबार विहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। सडकमा गुडिरहेकोे बसको पत्ता एक्कासी भाँचिएर बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थल मै मृत्यु भएको हो ।

घाइते २७ मध्ये १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीको भनाई छ।

प्रकाशित : बिहिबार, चैत १५, २०७४१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संघीय संसद्मा राष्ट्रपतिले अाज सम्बोधन गर्ने